IME Life New

वार्षिकोत्सवमा फेदीखोलाको हिमचुली आमा समूहलाई रिलायन्सको सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो चौधौँ वार्षिकोत्सवको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्याङ्जाको फेदीखोला गापा–४मा रहेको हिमचुली आमा समूहलाई किचन सामग्री तथा डस्टबिन वितरण गर्नुका साथै महिला सशक्तीकरणसम्बन्धी कार्यक्रम गरेको छ ।

पोखरा शाखाका प्रमुख प्रकाश पौडेलको सभापतित्वमा तथा फेदीखोला–४ का वडासदस्य हेमन्तराज पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो। फाइनान्सका जनसम्पर्क अधिकृत सुदिप सापकोटाले कार्यक्रमका बारेमा जानकारी गराएका थिए।

Esewa
Crest

कार्यक्रममा रिलायन्स फाइनान्सको पोखरा शाखाका शाखा प्रबन्धक प्रकाश पौडेलले समूहकी अध्यक्ष शान्तिदेवी पौडेललाई ती सामग्री हस्तान्तरण गरेका थिए। कार्यक्रममा शाखा प्रमुख पौडेलले फाइनान्सद्धारा सञ्चालित कार्यक्रमहरु केवल नाफाका लागि मात्र नभएर लोककल्याणकारी कार्यका लागि पनि फाइनान्सले त्यत्तिकै महत्व राखी आफ्ना कार्यक्रमहरु सञ्चालन गर्दै आएको र निकट भविष्यमा सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विभिन्न कार्यक्रमलाई अझ बढी महत्वका साथ निरन्तरता दिने बताए।

कार्यक्रममा प्रमुख अथिति हेमन्तराज पौडेलले स्थानीय महिला दिदीबहिनीहरुलाई सशक्तीकणसम्बन्धी कार्यक्रम गराइदिएकोमा रिलायन्स फाइनान्सलाई धन्यवाद दिए। उनले आगामी दिनमा पनि यस्ता कार्यक्रम ग्रामीण क्षेत्रमा प्रथामिकतासाथ सञ्चालन गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS