IME Life New

नयाँ स्टक एक्सचेन्जः आर्थिक मिलेमतोको विषयमा छानबिन गर्न नेप्सेका कर्मचारीको माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)को नेतृत्व र व्यापारिक स्वार्थ समूहबीच आर्थिक मिलेमतो रहेको भन्ने विषयमा छानबिन गर्न माग गरेका छन्।

नेप्से कर्मचारी संघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो। ‘नेपालमा धितोपत्रको दोस्रो बजार सञ्चालनका लागि नयाँ स्टक एक्सचेन्जलाई इजाजतपत्र (लाइसेन्स) दिने विषयमा पुँजीबजार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)को नेतृत्व र विभिन्न व्यापारिक स्वार्थ समूहबीच आर्थिक मिलेमतो रहेको भनी विभिन्न सञ्चारमाध्यममा निरन्तर समाचार प्रकाशित हुँदै आएको सर्वविदितै छ’, विज्ञप्तिमा भनिएको छ।

Esewa
Crest

यस्ता समाचारले धितोपत्रको दोस्रो बजारको कारोबारमा समेत नकारात्मक असर परेको संघको ठहर छ। ‘त्यसैले यस सम्बन्धमा नेपाल सरकार, सम्बन्धित निकाय एवं सरोकारावाला पक्षबाट निष्पक्ष, सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याई हदैसम्मको कारबाहीको माग गर्दछौं’, संघले भनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS