Connect IPS
IME Life

राष्ट्र बैंकले १६.०४ अर्बको आन्तरिक ऋण नवीकरण गर्ने, सोमबार बोलकबोल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले १६ अर्ब ४ करोड रुपैयाँ बढीको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ।

केन्द्रीय बैंक यसअघि ट्रेजरी बिलमार्फत उठाएको १४ अर्ब ४ करोड ५० लाख रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको हो। राष्ट्र बैंकले मंसिर १९ गते जारी हुने ९१ दिने र १८२ दिने ट्रेजरी बिल नवीकरण गर्नेछ। ९१ दिनका लागि ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ र १८२ दिनका लागि १० अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ। यी ट्रेजरी बिलको परिपक्व मिति क्रमशः फागुन २२ गते र २०८१ जेठ २२ गते रहेको छ।

Prabhu
Crest

यी ट्रेजरी बिलको भोलि दिउँसो २ बजे बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS