IME Life New

धितोपत्र बोर्डलाई व्यापारिक स्वार्थ समूह र बिचौलियाको प्रभावबाट जोगाउन कर्मचारीको अपिल, सत्यतथ्य जाँचबुझ गर्न माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई व्यापारिक स्वार्थ समूह र तिनका बिचौलियाको प्रभावबाट जोगाउन कर्मचारीहरुले अपिल गरेका छन्।

नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेको हो। ‘धितोपत्र बोर्डलाई व्यापारिक स्वार्थ समूह तथा तिनका बिचौलियाको प्रभावबाट जोगाउन र कर्मचारीको पेसागत हकहितको सुरक्षार्थ सम्बद्ध पक्षहरुमा विज्ञप्तिमार्फत अपिल गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘पुँजीबजार शुद्धीकरणको महाअभियानमार्फत सत्यतथ्य जाँचबुझ गरी बोर्डको गरिमा र स्वायत्तता कायम राख्नुपर्ने विषयमा जोडदार माग गर्दछौँ।’

Esewa
Crest

यसैगरी धितोपत्र बोर्डबारे लगातार विवादास्पद खबरहरु आउँदा कर्मचारीहरु चिन्तित बनेका छन्। ‘पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा धितोपत्र बोर्ड र बोर्ड नेतृत्व बदनाम हुने गरी विभिन्न समाचार आउँदा बोर्डबाट सोको स्पष्ट खण्डन हुन नसकेकोमा हामी चिन्तित छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘बजार निरन्तर ओरालो लागेको तथा अर्थतन्त्रका अधिकांश सूचक सन्तोषजनक नरहेको विषम परिस्थितिमा वोर्ड एवं बोर्ड नेतृत्वप्रति व्यापारिक स्वार्थ समूह हावी भएको भन्ने खालका आरोपको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

धितोपत्रको सार्वजनिक निष्कासन तथा अनुमतिको सम्बन्धमा बारम्बार विवादास्पद समाचारहरु पढ्न र सुन्नुपर्दा बोर्डका कर्मचारीहरु मर्माहित भएको विज्ञप्तिमा उल्लेख छ। ‘बोर्डको स्थायी संयन्त्रका रुपमा रहेका कर्मचारीहरुमा भय र त्रासको वातावरण सिर्जना भएको महसुस गरेका छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक अंग र विषयगत संसदीय समितिहरुबाट बारम्बार प्रश्नचिह्न उठने गरी काम भएको भन्ने आरोपले समेत कार्यालय त्राहिमाम बनेको छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS