IME Life New

डलरको तुलनामा हालसम्मकै कमजोर बन्यो नेपाली मुद्रा, कस्तो पर्छ असर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा इतिहासमै कमजोर बनेको छ।

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि तोकेको विनिमय दरअनुसार १ अमेरिकी डलरको खरिददर १३३.१४ रुपैयाँ र बिक्रीदर १३३.७४ रुपैयाँ रहेको छ। यो विनिमय दर हालसम्मकै उच्च हो।

Esewa
Crest

यसअघि गत मंसिर १० गते १ अमेरिकी डलरको खरिददर १३३.१० रुपैयाँ र बिक्रीदर १३३.७० रुपैयाँ रहेको थियो। जुन हालसम्मकै उच्च थियो। यो रेकर्ड आज तोडिएको छ।

डलर महँगो हुँदा नेपालमा वैदेशिक ऋणको लागत बढ्छ। आयातमुखी अर्थतन्त्र रहेको नेपालमा डलरको भाउ बढ्दा व्यापार घाटा पनि चुलिन्छ। विदेशबाट रेमिट्यान्स पठाउनेहरुलाई भने डलर बलियो हुँदा फाइदा हुन्छ।

नेपाल र भारतबीच स्थिर विनिमय दर रहेको छ। पछिल्लो समय भारतीय मुद्राको तुलनामा डलर बलियो बन्दै जाँदा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS