IME Life New

नेपाल इन्फ्रास्ट्रकचर बैंकले डाक्यो साधारण सभा, लाभांश सहित यस्ता छन् अन्य एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकले आफ्नो पाँचौं वार्षिक साधारण सभा पुस १७ गते गर्ने भएको छ । उक्त सभा काठमाडौंको बत्तीसपुतली स्थित अनुपम फुडल्याण्ड एण्ड ब्याक्वेटमा गर्ने जनाएको छ । सभा विहान ९ बजे गर्ने कम्पनीले जनाएको छ । कम्पनीको मंसिर १४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४.२१०५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, विस्तृत नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, पूँजीमा भएको परिवर्तन लगायत तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी स्वीकृत गर्ने छ ।

सभाले कम्पनी ऐन २०६३ को दफा १११ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ अनुसार बैंकको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०/८१ को लागि वाह्य लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने। (कम्पनी ऐन २०६३ को टपत्र १११ (३) र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ (२) बमोजिम बहालवाला लेखापरीक्षकले बैंकको लगातार तीन वर्ष लेखापरीक्षण सम्पन्न गर्नुभएको हुँदा पुनः नियुक्त हुने प्रस्ताव पारित गर्नेछ ।

सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक चयनको लागि निर्वाचन गर्ने। मिति २०७८/०८/२९ गते सम्पन्न भएको बैंकको तेस्रो वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनी समुह तर्फबाट ४ वर्षे कार्यकालका लागि निर्वाचित सञ्चालक सुमन पोखरेलले सञ्चालक पदबाट दिनु भएको राजिनामा बैंकको मिति २०८०/१/१७ गते बसेको सञ्चालक समितिको १२५ ओ बैठकको निर्णयानुसार मिति २०७०/०१/१८ गते देखि लागु हुनेगरी स्वीकृत भएकोमा बैंकको मिति २०७०/०५/०३ गते बसेको सञ्चालक समितिको १३२ औ बैठकको निर्णयानुसार उक्त रिक्त स्थानमा निजको बाँकी कार्यकालको लागि विराटनगर (३, मोरन स्थायी ठेगाना भई हाल काठमाडी बस्ने बेकका सर्वसाधारण शेयरधनी प्रवीण सुवेदी (ना.प्र.नं. ७९३, काठमाडौं) लाई नियुक्त गरेको निर्णय अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस ५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS