IME Life New

राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८०मा कमायो साढे ८७ अर्ब, वार्षिक प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८०मा साढे ८७ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेको छ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज अर्थमन्त्री डा. प्रकाशशरण महतलाई गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन बुझाएका छन्। प्रतिवेदनमा राष्ट्र बैंकले गत आर्थिक वर्षमा ८७ अर्ब ६० करोड रुपैयाँ बढी नाफा आर्जन गरेको उल्लेख छ।

Esewa
Crest

अघिल्लो आर्थिक वर्ष २०७८/७९मा राष्ट्र बैंकले ६१ अर्ब ९८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राष्ट्र बैंकको नाफा २९ प्रतिशतले बढीले बढेको छ।

गत आर्थिक वर्षमा राष्ट्र बैंकले वैदेशिक मुद्राबाट ४७ अर्ब २२ करोड रुपैयाँ र नेपाली मुद्राबाट १५ अर्ब ३४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । राष्ट्र बैंकको सञ्चालन आम्दानी भने ६६ अर्ब ९२ करोड रुपैयाँ रहेको छ।

प्रतिवेदनमा उल्लेख भएअनुसार गत आर्थि वर्षमा राष्ट्र बैंकका सञ्चालकहरुले तलबभत्ताबापत २ करोड रुपैयाँ बढी बुझेका छन्।

वार्षिक प्रतिवेदन बुझाउने क्रममा गभर्नर अधिकारी र अर्थमन्त्री महतबीच चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाका विषयमा छलफल भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS