IME Life New

अधिक तरलता १ खर्ब माथि, मंसिरमै तेस्रोपटक बैंकिङ प्रणालीबाट १५ अर्ब खिच्दै राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिँदै गएको छ। नेपाल राष्ट्र बैंकका अनुसार मंसिर १२ गतेसम्म बैंकिङ प्रणालीमा अधिक तरलता १ खर्ब ५ अर्ब रुपैयाँ रहेको छ। अधिक तरलता ५० अर्ब रुपैयाँ माथि पुगेपछि बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त रहेको मानिन्छ। अधिक तरलता १ खर्ब रुपैयाँ माथि रहनुले अहिले बैंकहरुमा पैसा फलाफाल रहेको बुझ्न सकिन्छ।

एकातिर बैंकहरुमा पैसा थुप्रिँदै गएको छ भने अर्कोतिर कर्जा प्रवाहले गति लिन सकेको छैन। ब्याजदर अझै उच्च रहेकोले पनि बैंकहरुबाट सोचेअनुरुप कर्जा प्रवाह हुन नसकिरहेको जानकारहरु बताउँछन्।

Esewa
Crest

तरलता फलाफाल हुन थालेपछि राष्ट्र बैंकले मंसिर महिनाको अहिलेसम्म फेरि तेस्रोपटक ७ दिने निक्षेप संकलन उपकरण प्रयोग गरी १५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्ने भएको छ। यसका लागि आज (मंसिर १४ गते) दिउँसो २ बजे बोलकबोल गरिँदैछ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बालकबोल गर्न सक्नेछन्।

यो निक्षेप संकलन उपकरणको आउँदो मंसिर २१ गते साँवा तथा ब्याज भुक्तानी गर्नेछ।

यसअघि राष्ट्र बैंकले गत मंसिर ६ गते १० अर्ब रुपैयाँ र मंसिर १२ गते पनि १० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकिङ प्रणालीबाट तानेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS