IME Life New

हवाई सेवामा साधन श्रोतको अधिकत्तम सदुपयोग गरिरहेको नेपाल एयरलाइन्स व्यवस्थापनको दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वायू सेवा निगमले फितलो सेवाका कारण बजार हिस्सा खुम्चिएको नभई विमान अभावका कारण बजार बिस्तार गर्न नसकेको दाबी गरेको छ । निममले म‌ंगलबार विज्ञप्ती जारी गर्दै बजार हिस्सा क्रमशः खुम्चिदै गएको भन्ने दाबी सहित प्रकाशित समाचारहरुमा सत्यता नभएको जिकीर गरेको छ।

निगमले जारी गरेको विज्ञप्तीमा कोरोना महामारीका कारण विदेशी हवाई सेवा कम्पनीहरुले नेपालसम्म र नेपालबाट उडान स‌ंख्या कटाैती गरेकाले निगमको व्यापार बढेको र पछिल्लो समयमा विदेशी वायू सेवा कम्पनीको उडान स‌ंख्या थप भएसँगै बजार हिस्सा खुम्चिनु स्वाभाविक भएको बताएको छ।

Esewa
Crest

निगमले गत आर्थिक वर्ष २०७९।८० मा ३ हजार ७ सय ६८ अन्तर्राष्ट्रिय उडानमार्फत् कूल ६ लाख २९ हजार १४७ यात्रुलाई सेवा प्रदान गरेर १६‍.५६ प्रतिशत बजार हिस्सा कायम गरेको बताएको छ। सन् २०२० को तुलनामा २०२१ मा बजार हिस्सा खुम्चिएको देखिए पनि निगमले आफ्नो यात्रु वाहक क्षमतलाई पूर्ण उपयोग गरेको दाबी गरेको छ। निगमको उडान स‌ंख्या र यात्रु संख्या सन् २०२०,२०२१ बाट २०२२ मा दोब्बरले वृद्धि भएको उल्लेख गर्दै सन् २०२३ मा थप बढ्ने विज्ञप्तीमा उल्लेख छ।

सीमित विमानका बावजुद पनि निगमले बजार प्रतिस्पर्धा गर्न र बजार हिस्सा बिस्तार गर्नका लागि नयाँ गन्तव्यको खोजी गर्दै साधन श्रोतको अधिकत्तम उपयोग गर्ने प्रयास जारी रहेको बताएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS