Connect IPS
IME Life

हवाई सेवामा साधन श्रोतको अधिकत्तम सदुपयोग गरिरहेको नेपाल एयरलाइन्स व्यवस्थापनको दाबी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल वायू सेवा निगमले फितलो सेवाका कारण बजार हिस्सा खुम्चिएको नभई विमान अभावका कारण बजार बिस्तार गर्न नसकेको दाबी गरेको छ । निममले म‌ंगलबार विज्ञप्ती जारी गर्दै बजार हिस्सा क्रमशः खुम्चिदै गएको भन्ने दाबी सहित प्रकाशित समाचारहरुमा सत्यता नभएको जिकीर गरेको छ।

निगमले जारी गरेको विज्ञप्तीमा कोरोना महामारीका कारण विदेशी हवाई सेवा कम्पनीहरुले नेपालसम्म र नेपालबाट उडान स‌ंख्या कटाैती गरेकाले निगमको व्यापार बढेको र पछिल्लो समयमा विदेशी वायू सेवा कम्पनीको उडान स‌ंख्या थप भएसँगै बजार हिस्सा खुम्चिनु स्वाभाविक भएको बताएको छ।

Prabhu
Crest

निगमले गत आर्थिक वर्ष २०७९।८० मा ३ हजार ७ सय ६८ अन्तर्राष्ट्रिय उडानमार्फत् कूल ६ लाख २९ हजार १४७ यात्रुलाई सेवा प्रदान गरेर १६‍.५६ प्रतिशत बजार हिस्सा कायम गरेको बताएको छ। सन् २०२० को तुलनामा २०२१ मा बजार हिस्सा खुम्चिएको देखिए पनि निगमले आफ्नो यात्रु वाहक क्षमतलाई पूर्ण उपयोग गरेको दाबी गरेको छ। निगमको उडान स‌ंख्या र यात्रु संख्या सन् २०२०,२०२१ बाट २०२२ मा दोब्बरले वृद्धि भएको उल्लेख गर्दै सन् २०२३ मा थप बढ्ने विज्ञप्तीमा उल्लेख छ।

सीमित विमानका बावजुद पनि निगमले बजार प्रतिस्पर्धा गर्न र बजार हिस्सा बिस्तार गर्नका लागि नयाँ गन्तव्यको खोजी गर्दै साधन श्रोतको अधिकत्तम उपयोग गर्ने प्रयास जारी रहेको बताएको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS