IME Life New

बैंकहरुमा पौने ३ अर्ब बढी रकम लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले पौने ३ अर्ब रुपैयाँ बढी बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको छ।

राष्ट्र बैंकको विभिन्न कोषहरुमा रहेको २ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपका रुपमा लगानी गर्न लागिएको हो। यसका लागि मंसिर १२ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव पेस गर्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान गरेको छ।

Esewa
Crest

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा २ अर्ब २९ करोड २२ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ४२ करोड ९८ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा १४ करोड ३३ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गरिने जनाएको छ। यस्तो लगानी आउँदो पुस १ गतेदेखि २०८१ मंसिर ३० गतेसम्मका लागि हुने पनि राष्ट्र बैंकले प्रस्ट पारेको छ।

मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले तोकेको केही सर्तहरु भने पालना गरेको हुनुपर्नेछ।

Lagani-notice-2080.08.10

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS