काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै ब्रान्च म्यानेजरका लागि केही र आइटी अफिसरमा सूपरभाइजरदेखि अफिसर लेभलका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक उम्मेदवारले आवश्यक कागजात संकलन गरी बैंकको आधिकारिक इमेल मार्फत मंसिर २४ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।


















