IME Life New

जगदम्बा स्पिनिङ मिल्समा एभरेष्ट बैंकको एटिएम सञ्चालन तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विशेष कार्यक्रमका बिच एभरेष्ट बैंक लिमिटेडले मायादेवी गाउँपालिका वडा नं. ३ अवस्थित श्री जगदम्बा स्पिनिङ मिल्सको प्राङगणमा बैंकको एटिएम् को समुद्घाटन गरेको छ । सो एटिएम्को समुद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र मिल्सका निर्देशक दिवस न्यौपानेले संयुक्त रुपमा गरेका हुन् ।

यो संगै बैंकको एटिएम्को संख्या १६३ पुगेको छ । सो अवसरमा बैंकका प्रमुख कार्याकारी अधिकृत खालिङले उक्त एटिएम् सेवा विस्तार संगै मिल्समा कार्यरत सम्पूर्ण मजदुर र कर्मचारीहरु तथा मायादेवी गाउँपालिका वडा नं. ३ का स्थानिय बासन्दालाई सो सेवाले थप सहज र सरल हुने कुरा व्यक्त गरे भने मिल्सका निर्देशक न्यौपानेले बैंकले आफ्नो प्रङगणमा एटिएम् सञ्चालनमा ल्याएकोमा खुसी व्यक्त गर्दै घन्यावाद ज्ञापन गरे ।

Esewa
Crest

साथै सोही अवसरमा बैंकले उक्त मिल्समा कार्यरत ५० भन्दा बढी मजदुरहरुलाई वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरेको छ । बैंकका तर्फबाट लुम्बिनी प्रदेश प्रमुख लव प्रसाद कुईकेल, भैरहवा शाखाका शाखा प्रबन्धक ध्रुव प्रसाद आचार्य र अधिकृत अमित थापाले बचत गर्ने बानी तथा बचतको महत्व सम्बन्धी जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट बुटवल शाखाका प्रबन्धक नविन पण्डित श्रेत्री र मिल्सका तर्फबाट अंकुर न्यौपानेको समेत उपस्थिति रहेको थियो ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६३ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS