IME Life New

भूकम्प प्रभावितका लागि साइमेक्स इन्कद्धारा ११ लाख रुपैयाँ सहयोग प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साइमेक्स इन्कले जाजरकोट र रुकुम पुर्वका भूकम्प प्रभावित समुदायहरूका लागि सहायता स्वरूप रु ११ लाख रुपैयाँ प्रदान गरेको छ । नेपालका लागि बिवाईडी गाडीको अधिकृत वितरक साईमेक्सले जाजरकोट र रुकुम पुर्वका भूकम्प प्रभावित समुदायहरूका लागि सहायता स्वरूप ग्राहकहरूसँगको सहकार्यमा भूकम्प सहायता कोष सुरु गरेको हो ।

जसअन्तर्गत हरेक बिवाईडी डल्फिन बुक गरेमा १०,००० रुपैयाँ र बिवाईडी अत्टो ३ बुक गरेमा २०,००० रुपैयाँ कम्पनीको भुकम्प सहायता कोषमा जम्मा हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो योजना मंसिर २३ गते सम्म लागु हुनेछ। यी बुकिङहरूबाट जम्मा भएको रकमले भुकम्प पिडितहरुलाई सहयोग गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।

Esewa
Crest

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले भने, “अग्रिम बुकिङ गरि भूकम्प सहायता कोषमा योगदान गरेका हाम्रा ग्राहकहरुको नाम, हामी हाम्रो सोशल मिडिया प्लेटफर्महरूमा र दैनिक पत्रिकामा प्रकाशित गरेर उहाँहरुको सहयोगको कदर गर्नेछौँ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS