IME Life New

बीमा सम्बन्धमा पाँच विषयमा उपयोगी पुस्तक प्रकाशनको तयारीमा आइआइएन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल आइआइएनले बीमा सम्बन्धी विशेष पुस्तिकाहरु प्रकाशन गर्ने भएको छ। बीमा सम्बन्धमा चासो राख्ने जो कोहीका लागि उपयोगी श्रोत सामाग्री उपलब्ध गराउने उद्देश्यले आइआइएनले जीवन, निर्जीवन र पुनर्बीमा सम्बन्धी उपयोगी ज्ञानमूलक पुस्तक प्रकाशनमा ल्याउन लागेको हो ।

आइआइएनका अनुसार पहिलो चरणमा बीमा शब्दावली, बीमाको आधारभूत सिद्धान्त र व्यवहार, जीवन बीमा, निर्जीवन बीमा र पुनर्बीमा सम्बन्धी पुस्तक प्रकाशन गर्न लागिएको हो । ‌पुस्तक लेखनका लागि विज्ञ तथा लेखकहरूको टोली बनाउनका लागि आइआइएनले सार्वजनिक सूचना जारी गर्दै बीमा शिक्षा र बीमा क्षेत्रको प्रवर्द्धनका लागि योगदान दिन ईच्छुक लेखक तथा विज्ञसँग आवेदन मागेको छ। ईच्छुक लेखकले अनलाइनमार्फत् आवेदन दर्ता गराउन सक्नेछन् ।

Esewa
Crest

पुस्तकका लेखकहरुलाई पुस्तक बिक्रीबाट प्राप्त हुने आम्दानीको बाँडफाँड गर्ने वा एकमुष्ठरुपमा पारिश्रमिक प्रस्ताव गर्ने विषय सूचनामा खुलाइएको छैन ।

बीमा सम्बन्धी पाठ्य सामाग्रीमा एकरुपता ल्याउँदै विद्यार्थी, बीमाकर्मी, बीमासँग चासो राख्ने जो कोहीका लागि पनि उपयोगी हुने दस्तावेज तयार पार्ने उद्देश्यले पुस्तक प्रकाशन गर्न लागिएको आइआइएनका प्रमुख सुशिल देव सुवेदीले जानकारी दिए ।

नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी सामान्य हाते पुस्तिका प्रकाशन गरेपनि बदलि‌ंदो परिवेश र बजारको आवश्यकतालाई सम्बोधन गर्न अपर्याप्त रहेको सुझावका आधारमा आइआइएनले पुस्तक प्रकाशनका लागि चासो देखाएको हो ।यसबाहेक आइआइएनसँग आफै‌ंले प्रकाशन गरेका बीमा सम्बन्धी स्तरिय पाठ्यपुस्तक पनि उपलब्ध छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS