काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाल नियुक्त भएका छन्। बैंकको हिजो मंसिर १ गते बसेको संचालक समितिको बैठकले खनाललाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो।
यस अघि उनी बैंकका डेपुटी सीइओ थिए। कुमारी बैंकले एनसीसी बैंकलाई गाभ्नु अघि खनाल कुमारी बैंकको सीइओ नै थिए। कुमारी बैंकले एनसीसी बैंकलाई गाभेपछि उनी बैंकको डेपुटी सीइओ भएका थिए भने एनसीसीका रमेशराज अर्याल सीइओ भएका थिए। रमेशराज अर्यालले राजिनामा दिएपछि कुमारी बैंकको सीइओमा रामचन्द्र खनाल नियुक्त भएका हुन्।
खनाल चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । उनको बैंकिङ क्षेत्रमा डेढ दशक लामो अनुभव रहेको छ ।

















