IME Life New

प्रत्यक्ष वैदेशिक लगानीः लगानी वापत भित्रिने भन्दा लाभांश वापत बाहिरिने रकम बढी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले वैदेशिक लगानी आकर्षित गर्न नसक्दा प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गत भित्रिने रकमभन्दा विदेशी लगानीका कम्पनीले लैजाने लाभा‌ंशवापतको रकम बढ्दै गएको छ। नेपाल राष्ट्र बै‌ंकले सार्वजनिक गरेको तथ्या‌ंक वापत वैदेशिक लगानीका लागि प्राप्त प्रतिबद्धता अनुरुपको लगानी भित्रिन सकेको छैन ।

चालु आर्थिक वर्ष २०८०।८१ को पहिलो तीन महिनामा लगानीवापत विदेशबाट प्रतिबद्धता प्राप्त भएको रकमको तुलनामा जम्मा २०‍.३४ प्रतिशत लगानी मात्र मुलुकले प्राप्त गर्न सकेको छ। असोजमसान्तसम्ममा कूल १६ अर्ब ६० करोड ४३ लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता प्राप्त भएकोमा ३ अर्ब ३७ करोड ८८ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। राष्ट्र बै‌ंकका अनुसार लाभांशवापत ७८ लाख रुपैयाँ विदेशी लगानीकर्ताले लगेकाले खुद विदेशी लगानी ३ अर्ब ३७ करोड १० लाख रुपैयाँ मात्र रहेको छ।

Esewa
Crest

उद्योग विभागले सार्वजनिक गरेको तथ्या‌ंक अनुसार लाभा‌ंशवापत चालू आवको पहिलो चार महिना(कात्तिक मसान्तसम्म) १ अर्ब ४१ करोड ८८ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा लैजानका लागि सिफारिश दिइएको छ। गत आवको पहिलो चार महिना(कात्तिक मसान्तसम्म) लाभांशवापत २ अर्ब १२ करोड ९९ लाख रुपैयाँ बराबर विदेशी मुद्रा लैजानका लागि सिफारिश दिइएको थियो ।

आर्थिक वर्ष २०७७।७८ मा कुल १९ अर्ब ५१ करोड रुपैयाँ वैदेशिक लगानी प्राप्त भएको थियो । यसैगरी २०७८।७९ मा ५४ अर्ब १५ करोड रुपैयाँ प्रतिबद्धता प्राप्त भएकोमा १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ मात्र लगानी प्राप्त भएको राष्ट्र बैंकले जानकारी दिएको छ। गत आव २०७९।८० मा खुद ५ अर्ब ९६ करोड १३ लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी भित्रिएको थियो ।

कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत रकम सेवा क्षेत्र अन्तर्गत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको छ । जीवन बीमा कम्पनीमध्ये एलआइसी नेपाल र मेटलाइफ, निर्जीवन बीमकमध्ये सगरमाथालुम्बिनी इन्स्योरेन्स, ओरियन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्समा विदेशी लगानी रहेको छ।

सरकारले गत आवमा प्रत्यक्ष विदेशी लगानीको न्यूनतम सीमा ५ करोड रूपैयाँबाट २ करोड रूपैयाँमा झारेको थियो । नयाँ सीमासँगै विशेषगरी पर्यटन र सूचना प्रविधिको क्षेत्रमा लगानी भित्रिन थालेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS