IME Life New

लक्ष्मी सनराइज बैंकद्वारा ‘लक्ष्मी सनराइज उत्सव’ सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। लक्ष्मी सनराइज बैंकले तिहार एवं छठलाई लक्षित गरेर सामाजिक सन्देशमुलक अभियान ‘लक्ष्मी सनराइज उत्सव’ सार्वजनिक गरेको छ । उक्त कम्पनीले समाजमा छोरीको आगमनलाई लक्ष्मीको आगमनको रुपमा मनाउने संस्कारलाई उत्सवका रूपमा मनाउँदै यसलाई अझ व्यापक बनाउन यो अभियान सार्वजनिक गरेको बताएको छ ।

उक्त अभियान अन्तर्गत कम्पनीले छोरीलाई घरकी लक्ष्मी मानेर सम्मान गर्न प्रोत्साहन गर्दै आम नागरिकहरुले कसरी आफ्नो परिवारमा महिला सदस्यलाई लक्ष्मीको रुपमा अपनाएका छन् भन्ने कुरा भिडियो मार्फत उजगार गर्न आग्रह गरेको छ ।

Esewa
Crest

भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने सहभागीहरुमध्ये उत्कृष्ट तीन वटा भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरिनेछ । सहभागीहरुले भिडियो पोस्ट गर्दा कम्पनीलाई ट्याग गरी ह्यास्ट्याग #laxmisunriseutsab  पनि प्रयोग गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS