काठमाडौं । बैंकमा एकै दिन १२ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार कार्तिक २० गते सोमवार ५९ खर्ब ०६ अर्ब रहेको निक्षेप कार्तिक २१ गते मंगलवार ५९ खर्ब १८ अर्ब पुगेको हो। वाणिज्य बैंकमा एकै दिनमा १२ अर्बले निक्षेप वृद्धि भएको हो भने विकास बैंक र फाइनान्समा भने सो दिन स्थीर रहेको छ । मंगलवार कर्जा प्रवाह भने १ अर्बले घटेको छ ।
सिडी रेशियो केही घट्दै ८१ दशमलव ३१ प्रतिशत कायम भएको छ ।