IME Life New

कामना सेवाको १७औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी १७ कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा आयोजित विभिन्न १७ कार्यक्रमहरु सप्ताहव्यापी रुपमा सम्पन्न गरेको छ । सो कार्यक्रमहरु अन्तर्गत बुधवार बैंकले कावासोतीमा डिजिटल मेला सम्पन्न गरेको छ। उक्त डिजिटल मेलामा बैंकले कावासोती वजारमा रहेका विभिन्न व्यवसायसँग आवद्ध व्यवसायीहरुलाई क्युआर कोड हस्तान्तरण गरिएको छ ।

उक्त कार्यक्रममा ४२ जना व्यवसायीलाई क्युआर कोड हस्तान्तरण गरिएको थियो भने १० वटा नयाँ क्युआर रजिष्ट्रेशन गरिएको थियो । वार्षिकोत्सवकै अवसरमा बैंकले आफ्नो सामाजिक उत्तरनवलपुरको सकलादेवी मा.विमा “समावेशी बैकिङ शिक्षाः आजको आवश्यकता” विषयक अन्तर विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नवलपुरको देवचुली नगरपालिका भित्र रहेका विद्यालय स्तरिय उक्त वक्तृत्वकला प्रतियोगिता कार्यक्रम देवचुली नगरपालिकाका मेयर हरि प्रसाद न्यौपानेको प्रमुुख आतित्यथामा सम्पन्न भएको थियो ।
माध्यमिक तह अन्तर्गत नेपाल मा.विका छात्र सौर्य पौडेल प्रथम भएका थिए त्यस्तै आधारभुत तह अन्तर्गत सकला मा.विका छात्रा आकृती चापागाई प्रथम भएकी थिईन् । बैंकले आफ्नो वार्षिकोत्सव सप्ताहका कार्यक्रमहरु अन्तर्गत विहीवार रोल्पा होलेरीको महेन्द्र मा.वि. अध्ययनरत ५ कक्षा सम्म अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक झोला हस्तान्तरण गरेको छ ।

Esewa
Crest

उक्त विद्यालयका प्रधानाध्यापक वेद वेदान्त सुर्यवंशीलाई बैंकका पश्चिम क्षेत्रका क्षेत्रिय प्रवन्धक सुरेन्द्र भण्डारीले उक्त शैक्षिक झोलाहरु हस्तान्तरण गरे । उक्त कार्यक्रममा वोल्दै प्रधानाध्यापक सुर्यवंशीले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत शैक्षिक झोला प्रदान गरेर विद्यार्थीहरुलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।

बैंकले आफ्ना सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विहीवार भैरहवा स्थित सस्कृत विद्याश्रमलाई सोफा तथा टेवल हस्तान्तरण गरेको छ । उक्त विद्याश्रमका पिठाधिस श्री १००८ श्वामी शान्ताराम सरस्वतीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले विद्याश्रमका अध्यक्ष तथा समाजसेवी डि.आर शर्मालाई उक्त सोफा तथा टेवल हस्तान्तरण गरेका थिए ।

उक्त हस्तान्तरण कार्यक्रममा बैंकका बुटवल क्षेत्रका क्षेत्रिय प्रबन्धक खिमलाल भुषाल लगायत अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
बैंकले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा गत शुक्रवार देखी विभिन्न ठाउँहरुमा १७ वटा कार्यक्रम सम्पन्न गरेको हो । हाल बैंकले आफ्ना १३५ संजाल, ७७ वटा एटिएम वुथ तथा १७ वटा शाखा रहित बैंकिङ केन्द्र मार्फत् आफ्ना सेवाहरु प्रदान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS