IME Life New

डिप्रोक्स लघुवित्तको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ८ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा १०.९६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ९ करोड ९१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ० दशमलव ५३ प्रतिशतले बढेको छ । खुद फि तथा कमिसन आम्दानी १९ दशमलव ५३ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको अन्य सञ्चालन आम्दानी ० दशमलव २९ प्रतिशत बढेको छ। लघुवित्तको निष्क्रिय कर्जा यस अवधिमा ३ दशमलव ६८ प्रतिशतबाट बढेर ५ दशमलव १४ प्रतिशत पुगेको छ।

Esewa
Crest

१ अर्ब ५५ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ८७ करोड ९३ लाख रुपैयाँ सञ्चित रहेको छ। लघुवित्तको जगेडा कोष यस अवधिमा २ दशमलव ७९ प्रतिशत बढेको हो। असोज मसान्तसम्ममा लघुवित्तले ९ अर्ब ४ करोड १२ लाख रुपैयाँ निक्षेप तथा सापटी सलएर ९ अर्ब ८३ करोड ३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ५३ पैसा घटेर २२ रुपैयाँ ७६ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २२१ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३१.१९ गुणा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS