काठमाडौं । नेपाली बैंकिङ्ग प्रणालीमा निक्षेप निरन्तर थपिने क्रम जारी छ । आईतवारसम्म निक्षेप ५९ खर्ब कायम भएको छ । शनिवार ५८ खर्ब ९६ अर्ब रहेको निक्षेप संकलन एकै दिन ४ अर्बले वृद्धि भएको हो ।
आइतवारसम्म वाणिज्य बैंकमा ५२ खर्ब १४ अर्ब निक्षेप संकलन हुँदा विकास बैंक र फाइनान्समा ६ खर्ब ८६ अर्ब निक्षेप संकलन भएको छ । त्यस्तै कर्जा प्रवाह ४९ खर्ब ७७ अर्ब रहेको छ । सिडी रेसियो पनि निरन्तर घट्दो क्रममा छ। आईतवारसम्म सिडी रेसियो घटेर ८१ दशमलव ५३ प्रतिशत कायम भएको छ ।