IME Life New

कामना सेवा विकास बैंकद्वारा उपत्यका प्रहरी कार्यालयको कन्ट्रोल रुम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमाबैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा रहेको प्रहरी कन्ट्रोल रुमको सवलीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कन्ट्रोल रुमको सवलीकरण सम्पन्न गरि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापालाई बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले हस्तान्तरण गरेका हुन् । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रहरी कन्ट्रोल रुमको सवलीकरण गरिदिएकोमा धन्यवाद ज्ञापन गर्नुका साथै प्रहरी कन्ट्रोल रुमको सेवा समेत छिटो र छरितो हुन थालेको बताए ।

Esewa
Crest

बैंकले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रम सहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गरिरहेको छ । बैंकले गत शुक्रवार देखी विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ । आगामी विहिवार सम्म बैंकले विभिन्न कार्यक्रमहरु गर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS