IME Life New

मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद शेयर बाँडफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले लिलामी प्रकृयाबाट विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले कुल १ लाख ४२ हजार ७७३ कित्ता अवितरित हकप्रद शेयर असोज २९ गतेदेखि कात्तिक १३ गतेसम्म विक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका लगानीकर्तामा कात्तिक १९ गते उक्त हकप्रद शेयर बाँडफाँड गरिएको हो ।

कुल कित्ता अवितरित हकप्रद शेयरमध्ये सर्वसाधारणतर्फ ६० हजार ६५० कित्ता र संस्थापतर्फ ८२ हजार १२३ कित्ता रहेको थियो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार संस्थापकतर्फको शेयर प्रतिकित्ता १०१ रूपैयाँ २ पैसा र सर्वसाधारणतर्फको शेयर प्रतिकित्ता २६० रूपैयाँ ५० पैसामा बोलपत्र पेश गर्नेहरूको हकमा समानुपातिक रुपमा बाँडफाँड गरिएको हो ।

Esewa
Crest

उक्त शेयर बाँडफाँडमा नपरेको शेयर वापतको रकम कात्तिक २२ गतेदेखि फिर्ता भुक्तानी गरिने जनाएको छ । कम्पनीले यस अघि भदौ १० गतेदेखि ३१ गतेसम्म विक्री ३५ प्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको यो शेयर लिलामी प्रकृयाबाट विक्री गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजी ४५ करोड २० लाख रुपैयाँको आधारमा ३५ प्रतिशत अर्थात १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्कासन गरी असोज १२ गते बाँडफाँड गरेको थियो । अवितरित हकप्रद शेयर समेत विक्री तथा बाँडफाँडपछि कम्पनीको चुक्तापूँजी ६१ करोड २ लाख रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS