IME Life New

डिप्रोक्स लघुवित्तले भूकम्प प्रभावित सदस्यहरुको लागि घोषणा गर्यो राहत प्याकेज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिप्रोक्स लघुवित्तले भूकम्प प्रभावित सदस्यहरुको लागि राहत प्याकेजको घोषणा गरेको छ । कार्तिक १७ गते शुक्रवार मध्यरातमा कर्णाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्रविन्दु बनाई गएको भूकम्पमा लघुवित्तका केहि सदस्यको पनि मृत्यु भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सो भुकम्पको कारण डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको जाजरकोट जिल्लाको खलङ्गा र मिल बजार शाखा कार्यालय अन्तर्गतका सदस्यहरु र पश्चिम रुकुम जिल्लाका सिमबजार शाखाका सदस्यहरु सहित आसपासका अन्य क्षेत्रमा समेत प्रभावित भएको जनाइएको छ ।

Esewa
Crest

शाखा कार्यालयहरुको प्रारम्भिक प्रतिवेदन अनुसार खलंङ्गा जाजरकोटमा संस्थामा आवद्ध ५ जना सदस्य र ८ जना सदस्यको छोरा छोरी समेत १३ जनाको मृत्यु भएको छ भने २४ जना घाईते भएका छन् । १५४ वटा घर पूर्ण रुपमा क्षति भएको छ भने ५०० वटा घर सामन्य क्षति भएको छ । शाखा कार्यालय मिलबजार जाजरकोटमा १ जना सदस्यको मृत्यु भएको र १ जना सदस्यको परिवारको मृत्यु भएको साथै ६० घर पूर्ण रुपमा क्षति भएको र २०० घर आंशिक क्षति भएको लघुवित्तले जनाएको छ ।

त्यसैगरी, पश्चिम रुकुमको सिमवजार शाखामा यस संस्थामा आवद्ध सदस्यहरुको ५० घर पूर्ण रुपमा क्षति भएको र २०० घर आंशिक क्षति भएकोे जानकारी प्राप्त भएको लघुवित्तले जनाएको छ ।

डिप्रोक्स लघुवित्तले आफ्ना सदस्यहरुको मानविय तथा भौतिक क्षति भएको हुँदा कर्णाली प्रदेशमा मानविय सहायता स्वरुप क्षति भएको शाखा कार्यालयहरु बाट आफ्ना सदस्यहरु र तिनका परिवार लाई निम्न अनुसारको राहत उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।

ज्यान गुमाएका सदस्यको हकमा मृतकको परिवारलाई २५ हजार उपलब्ध गराउने, परिवारको अन्य सदस्यहरुको ज्यान गुमाएका सदस्यको परिवारलाई २० हजार उपलब्ध गराउने, सदस्य तथा निजका परिवार घाईते भएमा प्रति घाईतेलाई १० हजार उपलब्ध गराउने , सदस्यको बस्ने घर पूर्ण रुपमा क्षति भएमा ५ हजार उपलब्ध गराउने ,सदस्यको ब्यवसाय र आंशिक रुपमा घर क्षति भएमा २५ सय उपलब्ध गराउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS