IME Life New

लघु वित्तमा बहुबैंकिङ्गको विकृती, एउटै व्यक्तिलाई २९ वटा खाताबाट कर्जा लगानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले लघु वित्त वित्तीय स‌ंस्थाहरूमा बहुबैंकिङको समस्या विकृतीका रुपमा फैलिएको पुष्टी गरेको छ। राष्ट्र बै‌ंकका अनुसार अध्ययनका क्रममा समावेश गरिएका ५८ वटा (ग्रामीण लघुवित्त वित्तीय संस्था बाहेक) संस्थाबाट प्राप्त ऋणीको तथ्याङ्कले बहुबैंकिङ्गको अवस्थालाई
पुष्टि गरेको हो ।

बै‌ंकले लघु वित्तका समस्याबारे अध्ययनका क्रममा  कुल ३९,३५,१७१ कर्जा खाता रहेकामा रु.१ हजार भन्दा कम रकमका ४ लाख १ हजार ८०६ खातालाई हटाई विश्लेषण गरेको हो। ५८ वटा संस्थामा १ हजारभन्दा माथिको कर्जा प्रभाव गरिएका कुल २३ लाख १ हजार २९३ ऋणी रहेकामा उनीहरुको नाममा ३५ लाख ३३ हजार ३२५ कर्जा खाता सञ्चालनमा रहेका छन्। कुल ऋणीमध्ये ७०.४ प्रतिशतले एकवटा खाताबाट, २७.८ प्रतिशतले २ देखि ५ वटा खाताबाट, १.५ प्रतिशतले ६ देखि १० वटा खाताबाट कर्जा उपभोग गरेका छन् ।यसैगरी १ हजार रुपैयाँभन्दा माथिको कर्जा उपभोग गरेका ऋणीमध्ये  ०.२ प्रतिशतले १० भन्दा बढी खाताबाट कर्जा सुविधा उपभोग गरेका छन्। यी समूहको कुल कर्जा लगानीमा हिस्सा क्रमशः ५२.२ प्रतिशत, ३९.५ प्रतिशत, ६.६ प्रतिशत र १.८ प्रतिशत रहेको छ ।

Esewa
Crest

अति विपन्न वर्गमा बचतको स‌ंस्कृती विकास गर्न र  बिना धितो ऋणसापटी सुविधा उपलब्ध गराउने उद्देश्यले लघु वित्त स‌ंस्थाहरू स्थापना भएपनि क्षमताभन्दा बढी ऋण बोकाएर विपन्नलाई अझै विपन्न बनाएको भन्दै आलोचना हुँदै आएको छ।

अध्ययन प्रतिवेदनका अनुसार कर्जाको आकार बढ्दै जाँदा ऋणीको कर्जा खाता संख्या पनि बढ्दै गएको छ । कर्जाको आकारका आधारमा हेर्दा रु.५० हजारभन्दा कम २९.५ प्रतिशत ऋणीले कर्जा उपभोग गरेका छन् । १५ लाख रुपैयाँ भन्दा बढी ०.२ प्रतिशत (३ हजार ८५२ जना) ले कर्जा लिएको अवस्था छ । त्यसैगरी, २ लाख देखि ५ लाख रुपैयाँसम्म कर्जा उपभोग गर्नेको संख्या कुल ऋणीको २१.२ प्रतिशत र कुल कर्जामा ४०.७ प्रतिशत हिस्सा रहेको छ ।

लघु वित्तमा पनि टाठाबाठाकै हाली मुहालीः

अचम्म लाग्दो के छ भने लघु वित्तीय स‌ंस्थाले एउटै ऋणीलाई २९ वटा कर्जा खातामार्फत कर्जा सुविधा उपलब्ध गराएका छन्। एक ऋणीलाई १७ वटा संस्थाबाट २२ वटा कर्जा खातामार्फत ५२ लाख १७ हजार ८३४ रुपैयाँसम्म कर्जा प्रवाह भएको छ । १५ लाख रुपैयाँभन्दा बढी कर्जा लिनेको औसतमा १० वटा खाता र ७ लाख रुपैयाँ देखि १५ लाख रुपैयाँसम्म कर्जा लिनेको औसतमा ४ वटा खाता रहेको छ । १० वटा भन्दा बढी खाताबाट कर्जा लिनेको औसत ऋण रकम १४ लाख रुपैयाँ रहेको छ ।

कुल ऋणीको ८१.८ प्रतिशतले एकवटा मात्र संस्थाबाट र बाँकी १८.२ प्रतिशत (४ लाख १८ हजार ७२२ जना) ले दुई वा सो भन्दा बढी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिएका छन्। यी बहु संस्थाबाट कर्जा लिएका ऋणीले रु.१ खर्ब ४१ अर्ब (कुल कर्जाको ३७.९ प्रतिशत) कर्जा उपभोग गरेका छन्। यसप्रकार बहु संस्थामा संलग्न ऋणीको संख्या प्रतिशतमा कम भएपनि लघुवित्त वित्तीय संस्थाको कुल कर्जामा ठूलो हिस्सा रहेकाले बहुबैंकिङ्गको समस्या गम्भीर रहेको देखाएको छ ।

कुल ऋणीमध्ये २ वटा संस्थाबाट मात्र कर्जा लिने ऋणी ११.७ प्रतिशत, ३ देखि ५ वटाबाट लिने ५.६ प्रतिशत, ६ देखि १० वटाबाट लिने ०.८ प्रतिशत र १० भन्दा बढीबाट लिने ०.१ प्रतिशत रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS