GBIME
IME Life

राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष सुवेदीले लिए शपथ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष बाबुराम सुवेदीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम शुक्रबार शपथ लिएका हुन् ।

यसअघि बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले बाबुराम सुवेदीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । बाबुराम सुवेदीले अर्थशास्त्र तथा जनप्रशासन विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । यसकासाथै, उनी नेपाल सरकार अर्थ मन्त्रालयका सहसचिव हुन् ।

SKYWELL
Crest

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा।निलम तिम्सिना ढुङ्गाना, राष्ट्र बैंकका उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्धय देवेन्द्ररमण खनाल, सरस्वती अधिकारी, कम्पनी सचिव हेमराज खरेल लगायतको उपस्थिति रहेको थियो ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS