IME Life New

आजदेखि राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आजदेखि नेपाल राष्ट्र बैंकले तिहारको लागि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दैछ। बैंकले मुद्रण विभागमार्फत सर्वसाधारणलाई २४ गतेसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्न लागेका हो। विभागले हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म बिक्री गरिने जनाएको छ।

एक जनाले सुनको असर्फी बढीमा एक सेट पाउने छन्। जसमा कुल साढे १७ ग्रामको असर्फी सर्वसाधारणले खरिद गर्न पाउने छन्। त्यस्तै, गाईअंकित २५ ग्रामको एउटा सिक्का, गाईअंकित १० ग्रामको सिक्का, लक्ष्मी अंकित १० ग्रामको सिक्का, गणेश अंकित १० ग्रामको सिक्का र गजलक्ष्मी अंकित १० ग्रामको एक सेट चाँदीको सिक्का खरिद गर्न पाउने छन्।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS