IME Life New

हिमालयन लघुवित्तको नाफामा गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले प्रकानश गरेको वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा गिरावट आएको हो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १० लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ८५ दशमलव ०९ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७२ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

Esewa
Crest

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २ दशलमव १३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिसन आम्दानी १० दशमलव ३९ प्रतिशतले घटेको छ। त्यसैगरी, लघुवित्तको अन्य सञ्चालन आम्दानी १ दशमलव ४७ प्रतिशतले घटेको छ।

३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १४ करोड ७ लाख रुपैयाँ सञ्चित रहेको छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा ० दशमलव ७८ प्रतिशत बढेको हो। असोज मसान्तसम्ममा लघुवित्तले ४ अर्ब ११ करोड ३३ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ५८ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा १ दशमलव ४७ प्रतिशतबाट बढेर २ दशमलव ९२ प्रतिशत पुगेको छ। नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १० रुपैयाँ ११ पैसाबाट घटेर १ रुपैयाँ ३६ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४१५ दशमलव ७३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ७४ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS