IME Life New

डलरको भाउले बनायो नयाँ रेकर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकको अनुसार आज बिहीबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ५७ पैसा पुगेको छ।

बुधबार डलरको भाउ १३३ रुपैयाँ ५१ पैसा थियो। बिहीबार ६ पैसाले बढेर डलरको भाउले नयाँ रेकर्ड बनाएको हो। यसअघि डलरको भाउ अधिकतम १३३ रुपैयाँ ५५ पैसासम्म मात्रै पुगेको थियो। बिहीबार सो रेकर्डलाई तोडी नयाँ रेकर्ड बनाएको हो ।

Esewa
Crest

आज युरो एकको खरिद दर १४० रुपैयाँ १७ पैसा र बिक्री दर १४० रुपैयाँ ८० पैसा छ । यता बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ३१ पैसा र बिक्री दर १६२ रुपैयाँ ०४ पैसा तोकिएको छ ।

उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ३१ पैसा र बिक्री दर ८४ रुपैयाँ ६९ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS