GBIME
IME Life

कुमारी बैंकको ५ लाख ३० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको ५ लाख ३० हजार कित्ता शेयर विक्रीमा ल्याएको छ । बैंकले अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।

ईच्छुक खरीदकर्ताहरूले कात्तिक २० गतेसम्म विक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । यो शेयरको मूल्य प्रतिकित्ता १०१ रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

SKYWELL
Crest

बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र कात्तिक २१ गते विहान १० बजे कुमारी क्यापिटलको कार्यालयमा खोलिने बैंकले जनाएको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS