IME Life New

शंकर ग्रुपको हाेटलको लागत फेरी थपियो, एउटै कोठाका लागि ४ करोड रुपैयाँ खर्च

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श‌ंकर समूहले नक्सालमा निर्माण गरिरहेको पाँच तारे हिल्टन होटलको निर्माण लागत फेरी थपिएको छ । २०७३ सालदेखि निर्माण शुरु भएको यो होटलको निर्माण अवधि लम्बि‌ंदै जाँदा लागत पनि चार गुणा बढेको छ।

अप्रत्यक्षरूपमा श‌ंकर समूहकै लगानी रहेको मानिएको रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालका अनुसार होटलको निर्माण लागत ३ अर्ब ५० करोड रुपैयाँबाट ६ अर्ब ८५ करोड ४० लाख रुपैयाँ पुग्ने भएको छ। यसअघि ६ अर्ब ६८ करोड ३० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको थियो । यो होटल श‌ंकर समूह अन्तर्गतको जगदम्बा हस्पिटालिटी लिमिटेडले निर्माण गरिरहेको छ। होटल सञ्चालनको छोटो समयमै श‌ंकर समूहले यसको प्राथमिक शेयर निष्काशन गर्ने योजना समेत बनाएको छ।

Esewa
Crest

कूल १७४ वटा कोठा निर्माण गरिएको यो होटलमा एउटा कोठाको निर्माण लागत क्रमशः बढ्दै गएको छ । शुरुमा एउटा कोठाको औसत निर्माण लागत १ कराेड रुपैयाँ रहने अनुमान गरिएको थियो । पछि २ करोड ८० लाख रुपैयाँ हुँदै गत साउनमा  ३ करोड ८० लाख रुपैयाँ पुर्‍याइएको थियो। तीन महिना नबित्दै असोज महिनामा प्रति कोठा औसत निर्माण लागत ४० करोड रुपैयाँ पुगेको इन्फोमेरिक्सले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ।

लगभग उही समयमा निर्माण शुरु गरिएको नक्साल नागपोखरीस्थित मेरियट र ताहाचलस्थित हायात सिटी प्यालेस होटल सञ्चालनमा आइसक्दा पनि हिल्टन होटलको निर्माण कार्य अझै जारी छ। बाहिरी आवरण सज्जाको काम सकिएको यो होटलमा अहिले आन्तरिक सजावटको काम धमाधम भइरहेको छ।

डिसेम्बरमा सफ्ट ओपनिङको तयारीः

भाैतिक निर्माण कार्य ९० प्रतिशत पुरा भइसकेको यो होटल आगामी डिसेम्बर(पुस माघ) महिनादेखि  आ‌ंशिकरूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। कूल १० रोपनी क्षेत्रफलमा फैलिएको यो होटलको पहिलो तीन तल्लामा पार्किङ सुविधा रहनेछ। सबैभन्दा माथिल्लाे १३ औं तल्लामा स्वीमिङ पुल सहितको बार ।

जगदम्बा हस्पिटालिटीले कूल ५ अर्ब २२ करोड रुपैयाँ बै‌ंक कर्जाका लागि रेटिङ गराएको छ। योमध्ये दीर्घकालीन कर्जावापत ५ अर्ब १ करोड २० लाख रुपैयाँका लागि आइआरएन डबल बि माइनस रेटिङ पाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

18%
happy

खुसी

5%
sad

दु :खी

49%
amazed

अचम्मित

10%
excited

उत्साहित

18%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS