IME Life New

आज देखि आइपीओ निष्कासन हुने नेपाल वेयरहाउजिङमा कुन कुन बीमकको छ लगानी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज देखि वैदेशिक रोजगारीमा जानेलाई प्राथमिक शेयर निष्काशनको आह्वान गरेको नेपाल वेयरहाउजिङ कम्पनीमा निर्जीवन बीमकदेखि बै‌ंकसम्मकाे लगानी रहेको छ। कृषी उद्ममलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित याे कम्पनीले देखि १३ लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशनको लागी आह्वान पत्र सार्वजनिक गरि सकेको छ।

धितोपत्र बोर्डको नियम अनुसार पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकका लागी साधारण शेयरमध्ये १० प्रतिशत अर्थात् कूल १ लाख ३७ हजार ५०० कित्ता शेयरको निष्काशन कात्तिक १० गतेदेखि खुला गर्दैछ। अंकित मूल्य १ सय रूपैयाँ रहेको यसको शेयर बिक्री मूल्य पनि १ सय रुपैयाँ नै रहेको छ। यो कम्पनीको हालको अधिकृत पूँजी ७० करोड छ। जारी पूँजी ६८ करोड ७५ रुपैयाँ र चुक्ता पूँजी ५५ करोड रुपैयाँ रहेको छ।

Esewa
Crest

यो कम्पनीको स‌ंस्थापक शेयरमा दुई निर्जीवन बीमकको समेत लगानी रहेको छ। स‌ंस्थापक शेयरमा शिखर इन्स्योरेन्सले ६ लाख कित्ता शेयर खरिद गरेर समेत ८‍.७३ प्रतिशत हिस्सा ओगटेको छ। यसैगरी आइजिआइ प्रुडेण्सियल इन्स्योरेन्सले २ लाख कित्ता शेयर खरिद गरेर २.९१ प्रतिशत हिस्सा ओगटेको छ। कम्पनीमा एनएमबी बै‌ंकको २‍.९१ प्रतिशत, मुक्तिनाथ विकास बैंकको भगिनी स‌ंस्थान मुक्तिनाथ कृषी कम्पनीको २.९१ प्रतिशत, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को ७.२७ प्रतिशत लगानी छ। यसैगरी हिमालयन क्यापिटलको २.९१ प्रतिशत शेयर लगानी रहेको छ।

यो कम्पनीको सबैभन्दा ठूलो लगानीकर्ता निम्बस समूहको प्रोबायोटेक इण्डष्ट्रिज लिमिटेड हो । यसले सर्वाधिक २२.३३ प्रतिशत शेयर स्वामित्व लिएको छ । प्रोबायोटेकसँग १५ लाख ३५ हजार कित्ता शेयर रहेको छ।

के गर्छ वेयर हाउजिङ कम्पनीलेः

नेपाल वेयरहाउजिङ कम्पनी परम्परागत शित भण्डार(कोल्ड स्टोर) को परिस्कृत अवधारणा हो । शित भण्डारले निश्चित सेवा शुल्क लिएर कृषी उपजहरुको सुरक्षित भण्डारण सेवा मात्र प्रदान गर्छ। वेयरहाजिङ कम्पनीले सुरक्षित भण्डारणका अतिरिक्त भण्डारण गरिएका कृषी उपजका लागी बीमा सुविधा, भण्डारणमा रहेको कृषी उपजको धराैटीमा बै‌ंक कर्जा सुविधा, कृषी उपज बिक्रीका लागी खरिदकर्ता खोजिदिने सेवा समेत प्रदान गर्नेछ । यो कम्पनीले पर्सा, कपिलवस्तु र सुनसरी जिल्लामा आधुनिक भकारी(साइलो) निर्माण गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

33%
sad

दु :खी

8%
amazed

अचम्मित

8%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS