IME Life New

नेपाल बैंकर्स संघ तथा फाइनान्सियल लिटरेसी नेपालबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकर्स संघ तथा फाइनान्सियल लिटरेसी नेपाल बिच वित्तीय साक्षरता सम्बन्धी सहकार्य गर्ने बिषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा। चिरन्जीवी नेपालको समुपस्तिथीमा भएको उक्त कार्यक्रममा फाइनान्सियल लिटरेसी नेपालको तर्फ बाट भुवन दाहाल, निरज गिरि, रमेश शर्मा तथा नेपाल बैंकर्स संघका तर्फ बाट सुनिल केसी र अनिल शर्मा उपस्थित थिए।

सो सम्झौता पत्रमा संघका कार्यकारी निर्देशक अनिल शर्मा तथा फाइनान्सियल लिटरेसी नेपालका तर्फबाट मुख्य प्रबन्धक रमेश शर्माले हस्ताक्षर गरे। समझदारी अनुसार नेपाल बैंकर्स संघ र फाइनान्सियल लिटरेसी नेपालले संयुक्त रुपमा विभिन्न प्रदेशहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गर्नेछन् ।

Esewa
Crest

सो समारोहमा बोल्दै पूर्व गभर्नर डा। चिरन्जीवी नेपालले दुवै संस्था मिलेर वित्तीय साक्षरताका कार्यक्रमहरु अगाडि बढाउदा थप प्रभावकारी हुनुका साथै आगामी दिनहरुमा यसले सार्थक भूमिका खेल्ने आशा व्यक्त गर्दै सफलताका लागी शुभकामना व्यक्त गरे ।

यसैगरी संघका अध्यक्ष सुनिल के। सी।ले यस सम्झौताले वित्तीय साक्षरता तथा बैंकिङ्ग प्रवर्धनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा व्यक्त गरे। फाइनान्सियल लिटरेसी नेपालका अध्यक्ष भुवन दाहालले यस सम्झौता अनुसार संयुक्त रुपमा विभिन्न प्रदेशहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS