IME Life New

एनआइसी एशिया बैंकमा सञ्चालकहरूको द्रव्य मोह, नबिल र इन्भेष्टमेण्टभन्दा तेब्बर बढी बैठक भत्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  एनआइसी एशिया बै‌ंक लिमिटेडका संस्थापकहरूले बैंकको रकममा हाली मुहाली गर्दै आफ्नो सुविधा रकम आफै‌ंले वृद्धि गराएका छन् । बैंक सञ्चालक समितिले शेयरधनीलाई ३०.५२ प्रतिशतका दरले लाभा‌ंशको घोषणासँगै आफ्ना लागी भत्ता रकममा उल्लेख्य वृद्धिको प्रस्ताव साधारण सभाबाट अनुमोदन गराएको हो।

बम्पर लाभा‌ंश घोषणा हुँदा शेयरधनीहरु खुशी भएको माैका छाेप्दै सञ्चालक समितिले आफू अनुकूलको निर्णय गराएको हो । एनआइसी एशिया बै‌ंकका सञ्चालकले पहिले नै अन्य ठूला वाणिज्य बैंकको सञ्चालकहरुको तुलनामा डेढ गुणा बढी बैठक भत्ता लि‌ंदै आएका थिए । अहिले बैठक भत्ता रकम ३० हजार रुपैयाँ पुर्याएर अन्य ठूला बै‌ंकको तुलनामा तेब्बर बढी उपभोग गर्न थालेका छन् । कारोबार र नाफाको हिसाबले नबिल बै‌ंक र नेपाल इन्भेष्टमेण्ट मेगा बै‌ंक(एनआइएमबि) को हाराहारीमा रहेको एनआइसी एशियाका सञ्चालकले गत असाेज २८ गते सम्पन्न २६ औ‌ं वार्षिक साधारण सभाबाट बैठक भत्तावापतको रकम २२ हजार रुपैयाँबाट ३० हजार रुपैयाँ कायम गरेका हुन् ।

Esewa
Crest

आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन अनुसार नबिल बै‌ंकले सञ्चालक समिति सदस्यहरूलाई बैठक भत्तावापत प्रति बैठक १० हजार रुपैयाँ भुक्तानी गर्दै आएको छ।  यसैगरी एनआइएमबी बै‌ंकले पनि सञ्चालक समिति अध्यक्षलाई बैठकको अध्यक्षतावापत प्रति बैठक १५ हजार रुपैयाँ र बाँकी सदस्यलाई १२ हजार भुक्तानी दिइरहेको छ।

यसबाहेक बै‌ंकले उनीहरूलाई पत्रपत्रिका र सञ्चार खर्चवापत थप रकम समेत भुक्तानी गरिरहेको छ। अध्यक्षको पत्रपत्रिका र सञ्चार सुविधा २० हजार रुपैयाँबाट डेढ गुणाले वृद्धि गरिएको छ। पत्रपत्रिका र सञ्चार खर्चवापत नै अब बै‌ंकले अध्यक्षलाई ३ लाख ६० हजार रुपैयाँ भुक्तानी गर्नेछ। यसैगरी स‌ंशोधित व्यवस्था अनुसार पत्रपत्रिका र सञ्चार खर्चवापत सञ्चालक सदस्यले २५ हजार ५ सय रुपैयाँ मासिक रुपमा भुक्तानी पाउनेछन् । पहिले याे खर्च १७ हजार रुपैयाँ मात्र थियाे । वैदेशिक भ्रमणमा जाँदाको भ्रमण भत्ता समेत भारतको महानगरमा जाँदा भारु २२ हजार ५ सय र अन्य शहरमा भारु १५ हजार पुर्याइएको छ। यसअघि यस्तो सुविधावापतको रकम क्रमशः भारु १५ हजार र १० हजार रहेको थियो । साथै मासिक पचास लिटर इन्धन समेत उपलब्ध गराएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS