IME Life New

वाणिज्य बैंकहरुले कमाए १६ अर्ब ६४ करोड नाफा, कुनले कति गरे आर्जन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा साढे १६ अर्बमाथि नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजानिक गरेको भदौ महिनासम्मको विवरण हेर्दा २० वटा वाणिज्य बैंकहरुले १६ अर्ब ६४ करोड रुपैयाँ नाफा कमाएका हुन् । गत आर्थिक वर्षको यसै अवधिमा बैंकहरुले १६ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएका थिए । गत आथिृक वर्षको सोही अवधिको तुलनामा बैंकहरुको नाफा बृद्धि भएको छ ।

समिक्षा अवधिमा सबैभन्दा धेरै नाफा ग्लोबल आइएमई बैंकले कमाएको छ । बैंकले १ अर्ब ७५ करोड नाफा आर्जन गरेको छ । दोस्रोमा नविल बैंकले १ अर्ब ५६ करोड नाफा आर्जन गरेको छ । तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४८ करोड नाफा आजृन गरेको छ । हिमालयन बैंकले १ अर्ब २३ करोड नाफा कमाएको छ । कुमारी बैंकले १ अर्ब १४ करोड नाफा आर्जन गरेको छ ।

Esewa
Crest

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकले ८७ करोड, प्राइम कमर्सियल बैंकले ८३ करोड, लक्ष्मी सनराइज बैंकले ८१ करोड, एनआइसी एशिया बैंकले ८० करोड, एनएमबि बैंकले ७६ करोड, एभरेष्ट बैंकले ७१ करोड, नेपाल बैंकले ७० करोड, प्रभु बैंकले ६६ करोड, कृषि विकास बैंकले ६१ करोड सिद्धार्थ बेंकले ५८ करोड नाफा आर्जन गरेका छन् ।
त्यस्तै, यस अवधिसम्ममा सानिमा बै.कले ५१ करोड,  स्टाण्डर्ड चार्टर्ड बैंकले ४८ करोड, सिटिजन्स बैंकले ४४ करोड, माछापुच्छ्रे बैंकले ३७ करोड र नेपाल एसबिआई बैंकले २७ करोड नाफा आर्जन गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS