IME Life New

सिटिजन्स बैंकको ऋणपत्र बाँडफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंकको ऋणपत्र बाँडफाँड भएको छ। बैंकले असोज १७ गतेदेखि २२ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ असोज ३० गते, मंगलबार बाँडफाँड गरेको हो।

बैंकले १० वर्ष अवधिको १० प्रतिशत ब्याजदर भएको प्रतिऋणपत्र १ हजार अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो। सोमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ता ऋणपत्रले हुन आउने १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणमा बिक्री गरेको थियो।

Esewa
Crest

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले बाँडफाँडसम्बन्धि विवरण हिमालयन क्यापिटलको वेबसाइट तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालन गरेको वेबसाइटबाट हेर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS