IME Life New

हवाई सेवामा लगानी गर्ने पहिलाे बीमा कम्पनी बन्याे एशियन लाइफ, यती एयरमा ४९ प्रतिशतको साझेदारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगानीमा विविधतालाई प्राथमिकता दिएको एशियन लाइफ इन्स्योरेन्स हवाई सेवा कम्पनी यती एयर लाइन्स लिमिटेडमा मुख्य साझेदारको रुपमा प्रवेश गरेको छ। यती होल्डिङ्गस अन्तर्गतको यती एयरलाइन्स लिमिटेडको ४९ प्रतिशत हिस्सा शेयर स्वामित्व लिएर एशियन लाइफ इन्स्योरेन्स हवाई सेवामा समेत प्रवेश गरेको हाे ।

यससँगै हवाई क्षेत्रमा लगानी गर्ने एशियन लाइफ पहिलो बीमा र एक मात्र बीमा  कम्पनी समेत बनेको छ । एशियन लाइफले १ अर्ब ७० करोड रुपैयाँ लगानी गर्न नेपाल बीमा प्राधिकरणबाट गत भदाै १२ मा सैद्धान्तिक सहमति पाएको थियो ।

Esewa
Crest
यती एयरको सिइओ सुभाष सापकोटा

एशियन लाइफ इन्स्योरेन्सको प्रवेशसँगै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा चार्टर्ड अकाउण्टेण्ट सुभाष सापकोटा नियुक्त भएका छन् । यसअघि उनी ईसेवा सञ्चालन गर्ने टेक कम्पनी एफवान सफ्टमा इसेवाका लागी प्रमुख कार्यकारी अधिकृत रहेका थिए । सापकोटा एशियन लाइफ इन्स्योरेन्सको तर्फबाट प्रतिनिधित्व गर्दै सिइओ नियुक्त भएका हुन् । यती एयर र एशियन लाइफबीचको डिल फाइनल गराउनका लागी सापकोटाले विशेष भूमिका निर्वाह गरेका थिए ।

बहुमत शेयर स्वामित्व भएकाले सञ्चालक समितिको अध्यक्षत यति होल्डिङ्गसबाट नै रहनेछन् । यसबाहेक मुख्य साझेदारका रुपमा एशियन लाइफ इन्स्योरेन्सले पनि नयाँ सञ्चालक समितिमा आफ्नाे तर्फबाट प्रतिनिधि पठाउनेछ।

नेपाल बीमा प्राधिकरणबाट ४९ प्रतिशतसम्म शेयर स्वामित्व लिने गरी लगानी गर्न सैद्धान्तिक स्वीकृती पाएका छाैं,एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले भने, हाम्रो स्टेक ४५ देखि ४९ प्रतिशतसम्म रहन सक्छ, यसबारे टुङ्गो लाग्न बाँकी नै छ।

यति एयरलाइन्सले दुई वटा नयाँ जहाज थप्ने याेजनासहित नयाँ साझेदार भित्र्याएको हो । यति एयरले हाल ५ वटा एटिआर विमानमार्फत् आन्तरिक उडानमा हवाई सेवा दिइ रहेको छ। यति एयरलाइन्सले सर्वसाधारणमा प्राथमिक शेयर निष्काशन (आइपीओ) मा जाने तयारी समेत गरेको छ । आन्तरिक वायुसेवा कम्पनी यति एयरलाइन्स २५ वर्ष पुरानो कम्पनी हो । यति होल्डिङ्सले सिता एयर प्रालिबाट दुर्गम भेगमा ट्वीन अटर विमानमार्फत् हवाई सेवा प्रदान गरिरहेको छ।

यति एयरलाइन्स चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँमध्ये ४९ प्रतिशत शेयर एशियन लाइफले किनेको हो । एक सय रुपैयाँ मूल्य अ‌ंकित शेयरमा प्रतिकित्ता ७० रुपैयाँ प्रिमियम थपेर एशियन लाइफले १७० रुपैयाँका दरले शेयर खरिद गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS