Connect IPS
IME Life

एभरेष्ट बैंकको २९औं वार्षिक साधारण सभा सम्पन्न, २०.५३% लाभांश पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २९औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा काठमाडौंको लैनचौर स्थित लैनचौर ब्यान्क्वेटमा सम्पन्न भएको बैंकले जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत १० दशमलव ५३ प्रतिशत नगद लाभांश गरि २० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । बैंकको साधारण सभाले उक्त प्रस्ताव अनुमोदन गरेको छ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको एकीकृत वासलात, नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी पारित गरेको छ ।

सभाले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, संचालक बैठक भत्ता वृद्धि गर्ने, संचालकको नियुक्ति अनुमोदन गर्ने, आथिृक वर्ष २०८०/८१ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS