IME Life New

राष्ट्रिय अर्थतन्त्रमा बीमा उद्याेगकाे लगानी साढे ६ खर्ब रुपैयाँ, हाइड्राेदेखि हवाई जहाजसम्म

SPIL
diversified investment
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमामा पहुँच भएको जनसंख्याको आधार बढ्दै जाँदा राष्ट्रिय अर्थतन्त्रमा बीमा उद्योगले राष्ट्रिय अर्थतन्त्रमा पु-याएको योगदानको हिस्सा पनि क्रमशः वृद्धि हुँदै गएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्ने हो भने बीमा उद्योगबाट अर्थतन्त्रमा साढे ६ खर्ब ६४ अर्ब रुपैयाँभन्दा बढी लगानी प्रवाह भएको छ।

प्राधिकरणका अनुसार गत आव २०७९/८० को अन्त्यसम्ममा जीवन बीमा कम्पनीहरुले सर्वाधिक ५ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँ लगानी गरेका छन् । यसैगरी निर्जीवन बीमा कम्पनीहरुको कूल लगानी ५८ अर्ब ८५ करोड ८५ लाख रुपैयाँ छ । दुई पुनर्बीमकले मुद्दती निक्षेप र धितोपत्र समेत कूल २९ अर्ब ९७ करोड ६१ लाख रुपैयाँ लगानी गरेका छन् । हालै मात्र सञ्चालनमा आएका लघु जीवन बीमकले १ अर्ब १ करोड ६३ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेका छन् । दुई लघु निर्जीवन बीमकले ९३ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन् ।

Esewa
Crest

बीमा कम्पनीहरुले परम्परागतरुपमा लगानी गर्दै आएकाेमा पछिल्लाे समयमा नेपाल बीमा प्राधिकरणले लगानीमा विविधतामार्फत् राष्ट्रिय अर्थतन्त्रमा याेगदान बढाउन सकारात्मक दबाब दिई रहेकाे छ। बीमकले कूल लगानीको अधिकत्तम १० प्रतिशत रकम कृषि उत्पादन, शित भण्डार, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा, नविकरण उर्जा परियोजना, केबल कार, सडक, जलविद्युत प्रशारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न सक्छन् ।

प्राधिकरणकाे निर्देशन पछि केही बीमकले राष्ट्रिय प्राथमिकताकाे क्षेत्रमा लगानी बढाउँदै लगेका छन् । नियामकले लगानी विविधतालाई प्रोत्साहन गरेपनि अधिकांश बीमा कम्पनीहरु अझै पनि जोखिम लिन हिच्किचाई रहेका छन् । निर्जीवन बीमकमध्ये शिखर इन्स्योरेन्स कम्पनी र जीवन बीमकमध्ये सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान, निजी क्षेत्रको एशियन लाईफ इन्स्योरेन्सले मात्र लगानी विविधतालाई प्राथमिकतामा राखेका छन् । राष्ट्रिय प्राथमिकताको यी क्षेत्रमा जीवन बीमकले जम्मा ६ अर्ब ५९ करोड ४ लाख रुपैयाँ लगानी गरेका छन् । यो जीवन बीमकले गरेको कूल लगानीको जम्मा १.११ प्रतिशत मात्र हो ।

जीवन बीमकमध्ये राष्ट्रिय बीमा संस्थानले सर्वाधिक ४ अर्ब ८७ करोड १७ लाख रुपैयाँ यी क्षेत्रमा लगानी गरेको छ। यसैगरी एशियन लाईफ इन्स्योरेन्सले १ अर्ब ४४ करोड २० लाख रुपैयाँ लगानी गरेको छ । एशियन लाइफले हवाई सेवामा समेत डेढ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने तयारी गरेको छ।

निर्जीवन बीमकले प्राथमिकता प्राप्त क्षेत्रमा कूल ४१ करोड ४६ लाख रुपैयाँ लगानी गरेका छन् । यो निर्जीवन बीमकको कूल लगानीको १ प्रतिशतभन्दा पनि तल हो । निर्जीवन जीवन बीमकमध्ये यो क्षेत्रमा सर्वाधिक लगानी गरेको शिखर इन्स्योरेन्सको लगानी यसमा २२ करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS