काठमाडौं । कुमारी बैंक र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको शेयर सर्वसाधारणमा विक्री गरेको छ । कुमारी बैंकले ८ हजार ८९२ कित्ता र इन्फिनिटी लघुवित्तले ९९ हजार ३७२ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री गरेका हुन् । पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र प्राथमिकतामा राखी दुबै कम्पनीले यी शेयर विक्री खुला गरेका थिए । सो अवधिमा विक्री नभएपछि कम्पनीले सर्वसाधारणमा विक्री गरेको हो ।
संस्थापक शेयरधनीहरूबाट खरीद माग नभएका यी शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको हो ।
कुमारी बैंकको शेयर खरीद गर्न इच्छुक खरीकर्ताहरूले आगामी ३५ दिनभित्र शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौं र बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । इन्फिनिटी लघुवित्तले भने आगामी १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय गैंडाकोट, नवरपरासीमा आवेदन दिन सक्नेछन् ।