IME Life New

मन्दीले जगदम्बाकाे काराेबार ९ अर्बले घट्दा लक्ष्मी स्टील्सकाे काराेबार चम्कियाे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ‌। लक्ष्मी स्टील्स इण्डष्ट्रिजले वर्षदिनभै ९ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ। रुपन्देहीमा अवस्थित यो कम्पनीको स्टील प्लाण्टले डण्डी, पाता र क्वायल बेचेर गत आर्थिक वर्ष २०७९।८० मा ९ अर्ब ४५ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार गरेको हो ।

आर्थिक मन्दीका कारण निर्माण सामाग्रीको बजार माग घटेका बेला समेत सौरभ समूह अन्तर्गतको यो उद्योगले गत आवमा व्यापार रकमलाई ११ प्रतिशतले वृद्धि गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०७८।७९ को तुलनामा वृद्धि दर थोरै भएपनि कूल कारोबार रकम भने कोरोना महामारीको समयभन्दा बढाउन सफल भएको छ। अघिल्लो आवमा लक्ष्मी स्टील्सले कूल ८ अर्ब ५५ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो। कारोबार र उत्पादन क्षमताको आधारमा सबैभन्दा ठूलो स्टिल उद्योग जगदम्बा स्टिल्सको कारोबार गत आर्थिक वर्षमा ९ अर्बले खुम्चिएर ४० अर्ब १७ करोड रुपैयाँमा सीमित हुन पुगेको छ।

Esewa
Crest
लक्ष्मी स्टिल्सकाे पछिल्लाे पाँच वर्षकाे वित्तीय अवस्थाकाे सूचक

अघिल्लो आवमा कूल कारोबारमा ८८ प्रतिशत हिस्सा टिएमटी डण्डीको बिक्रीबाट प्राप्त आम्दानीले ओगटेको थियो भने बढेर ९४ प्रतिशत पुगेको थियो । डण्डीको कारोबार रकम बढेपनि बढ्दो प्रतिस्पर्धाका कारण  यसबाट प्राप्त हुने नाफा घट्दै गएको छ। डण्डी, रिब्ड तार, बाइन्डिङ तार र एमएस बिलेट समेत उत्पादन गर्दै आएपनि डण्डीमा निर्भरता बढ्दै गएको छ। डण्डी उत्पादनका लागी आवश्यक पर्ने एमएस बिलेट उत्पादन शुरु भएपनि डण्डीको उत्पादन लागत घटेकाले प्रतिस्पर्धात्मक क्षमता बढाउन मद्दत गरेको रेटिङ एजेन्सी इक्रा नेपालले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS