IME Life New

सबै वाणिज्य बैंकको मोबाइल एपबाट नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब सबै वाणिज्य बैंकहरुको मोबाइल बैंकिङ्ग एपबाट नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । ग्राहकहरूले अब जुनसुकै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङ प्रयोग गरी नेपाल पे क्यूआर स्क्यान गरी मर्चेन्टलाई भुक्तानी गर्न सक्नेछन् ।

त्यसैगरी अधिकांश विकास बैंकहरु, फाइनान्स कम्पनीहरू,वालेटहरू र कनेक्ट आइपीएस मोबाइल एपबाट पनि नेपाल पे क्यूआर स्क्यान गरी मर्चेन्टलाई तुरुन्तै भुक्तानी गर्न सकिन्छ । नेपाल पे क्यूआरबाट भुक्तानी गर्न मोबाइल बैंकिङ्ग वा वालेटको प्रयोगकर्ताले क्यूआर स्क्यान गर्न अप्सन नेपाल पेमा गई लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ ।

Esewa
Crest

नेपाल पे क्यूआरमा अन्तरआबद्धता कायम गर्न यस उपलब्धीलाई एक महत्वपूर्ण कोशेढुङ्गाको रुपमा लिइएको छ र यसबाट क्यूआर भुक्तानीमा वृद्धि हुने पनि अपेक्षा गरिएको छ । नेपाल पे क्यूआर नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो, क्यूआर स्कीमको रुपमा समेत पनि उपलब्ध रहेको उक्त नेपाल पे क्यूआरमा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ ।

बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले मर्चेन्ट लेभलमा एग्रिगेटेड क्यूआर पनि उपलब्ध गराइरहेका छन् र हालै नेपाल पे क्यूआर र स्मार्ट क्यूआरबीच नेटवर्क स्तरको अन्तरआबद्धता कायम भइसकेको छ । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपाल पे क्यूआरमा करिब ४ लाख मर्चेन्टहरु आबद्ध गरिसकेका छन् ।मर्चेन्ट र व्यवसायीहरुले नेपाल पे क्यूआरमा आबद्ध भई ग्राहकहरुबाट क्यूआर मार्फत भुक्तानी प्राप्त गर्नका लागि आफ्नो सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न सक्छन् ।

भौतिक रुपमा क्यूआरस्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ्ग सिस्टममा डाइनामिक क्यूआर इन्टिग्रेट गरी वा इ–कमर्श पोर्टलमा क्यूआर गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिन्छ । धेरै जसो बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप, विभिन्न भुक्तानी सेवा प्रदायकको वालेटको एप तथा कनेक्ट आइपीएस मोबाइल एप मार्फत नेपाल पे क्यूआरस्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको छ । हालै भ्वाइसमा आधारित क्यूआर नोटिफिकेशन पनि केहि बैंक वित्तीय संस्थाहरुले थालनी गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS