IME Life New

हिमालयन बैंकद्धारा जिल्ला प्रहरी परिसर काठमाडौंलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौंलाई रुपैयाँ दुई लाख सतसठ्ठी हजार पाँच सय बराबरको Insta 360 Chest Strap सहित पाँच थान Gopro Hero 9 क्यामरा खरिद गरी हस्तान्तरण गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौंको अनुरोधको आधारमा काठमाडौं जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिबिधिहरुको निगरानी तथा रोकथाम गर्न बैंकले काठमाण्डौं जिल्ला प्रहरी परिसरलाई सो सहयोग प्रदान गरेको बैंकले जनाएको छ ।

Esewa
Crest

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणाले सहयोग स्वरुप सो क्यामरा प्रहरी उपरीक्षक कुमुड ढुङ्गेललाई एक समारोहको बीच हस्तान्तरण गरे । उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारी र मुख्य प्रबन्धक समीर आचार्यको पनि उपस्थिति रहेका थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS