IME Life New

अभिकर्ता लाइसेन्सका लागि नमूना प्रश्नपत्र सार्वजनिक, कात्तिकबाट अनलाइन परिक्षा हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आउँदाे महिनादेखि सञ्चालन गर्न लागेकाे बीमा अभिकर्ताकाे इजाजत पत्र सम्बन्धी अनलाइन परिक्षाकाे नमूना प्रश्नपत्र सार्वजनिक गरेकाे छ। प्राधिकरणले अभिकर्ता इजाजत पत्रका लागि अनिवार्यरुपमा लिखित परिक्षामा सहभागी हुनुपर्ने प्रावधानलाई आगामी कात्तिक महिनादेखि लागू गर्दैछ।

प्राधिकरणले पहिलाे पटक सञ्चालन गर्न लागेकाे अनलाइन परिक्षामा सहभागी हुनेहरुकाे सहजताका लागी नमूना प्रश्नपत्र सार्वजनिक गरेकाे हाे । प्रश्नपत्रमा ५० वटा प्रश्न समावेश गरिएका छन् । इजाजत पत्रकाे परिक्षामा उतीर्ण हुनका लागि परिक्षार्थीले कम्तीमा २५ वटा प्रश्नकाे सही उत्तर दिनुपर्नेछ।

Esewa
Crest

प्राधिकरणका अनुसार प्रश्नपत्रमा प्रत्येक वस्तुगत प्रश्नहरुकाे सही उत्तर छनाैटका लागि परिक्षार्थीलाई ४ वटा विकल्प उपलब्ध गराइनेछ। जसमध्ये जम्मा एउटा विकल्पमा मात्र सही उत्तर समावेश गरिएकाे हुनेछ।  पाठ्यक्रम अनुसार कूल १२ वटा इकाईमा विभाजन गरेर प्रश्नहरु समावेश गरिएका छन् । प्रत्येक इकाईबाट कम्तीमा १ वटा र बढीमा ८ वटा प्रश्न समावेश गरिनेछ।

प्राधिकरणले बीमा ऐन २०७९ कार्यान्वयनमा आउनु अघि नै अभिकर्ता इजाजत पत्रका लागी अनलाइन माध्यमबाट परिक्षा सञ्चालन गर्ने घाेषणा गरेकाे थियाे । तर बीमकहरुले दुरदराजका ठाउँमा भरपर्दाे इण्टरनेटकाे पहुँच नरहेकाे र परिक्षार्थीहरु प्रविधिमैत्री समेत नहुने स‌ंभावना अधिकत्तम भएकाले अनलाइन परिक्षा सञ्चालन नगर्न सुझाव दि‌ंदै आएका थिए । प्राधिकरणले बीमककाे सुझावलाई मध्यनजर गर्दै केही समयका लागी बीमकहरुबाटै परम्परागतरुपमा प्रत्यक्ष नै लिखित परिक्षा लिने अभ्यास लागू गरेकाे थियाे । बीमकहरुले एक वर्षयता परिक्षार्थीहरुलाई तालिम दिई सकेपछि नमूना प्रश्नपत्रमा दिइएकाे जस्तै वस्तुगत प्रश्नहरुकाे लिखित परिक्षामा सहभागी गराउने र प्राप्ता‌ंक बीमा प्राधिकरणमा जानकारी गराएर इजाजत पत्र जारी गर्न सहजीकरण गर्दै आएका थिए ।

प्राधिकरणले तालिम बिना नै अभिकर्ता इजाजत पत्र जारी गर्ने प्रवृत्तीका कारण अण्डरराइटिङमा विकृती आएकाे निष्कर्ष  सहित अनलाइन माध्यमबाट परिक्षा सञ्चालन गर्ने निर्णय गरेकाे हाे । अनलाइन माध्यमबाट परिक्षा सञ्चालन गर्दा कम्तीमा परिक्षार्थीहरु आधारभूत तालिममा सहभागी भएर मात्र परिक्षामा सहभागी हुने प्राधिकरणकाे विश्वास छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

72%
happy

खुसी

11%
sad

दु :खी

0%
amazed

अचम्मित

11%
excited

उत्साहित

6%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS