IME Life New

एनएमबि क्यापिटलका दुई फण्डहरुले वितरण गर्न शुरु गरे प्रतिफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि क्यापिटलको व्यवस्थापनमा एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई फण्डहरुले इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने भएका छन्। एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि फिफ्टीले इकाईधनीहरुलाई प्रतिफल वितरण गर्न लागेका हुन्।

एनएमबि हाइब्रिड फण्ड एल १ ले आफ्नो इकाईधनीहरुलाई असोज २१ गते आइतबारदेखि प्रतिफल वितरण गर्ने लागेको हो भने एमएनबि फिफ्टीले असोज २२ गतेदेखि वितरण गर्ने लागेको हो। यी दुबै फण्डहरुले गत आर्थिक वर्षका लागि १५/१५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेका थिए।

Esewa
Crest

प्रतिफल वितरण प्रयोजनार्थ यी दुबै फण्डहरुले असोज १२ गते एक दिनका लागि बुकक्लोज गरेका थिए। यस अनुसार सोभन्दा अघिल्लो कारोबार दिन अर्थात असोज ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो दरमा प्रतिफल प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS