IME Life New

आजसम्म शेयर किन्नेले सानिमा बैंकको प्रस्तावित लाभांश पाउन योग्य हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंक लिमिटेडको लाभा.श सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा प्रयोजनार्थ बैंकले असोज २२ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। यस अनुसार आज असोज २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सभामाभाग लिनुका साथै लाभांश प्राप्त गर्न सक्नेछन्

बैंकले १९औं वार्षिक साधारण सभा कात्तिक २ गते, गर्ने जनाएको छ । सभा कुण्डलिनी दरबार ब्याङ्गवेट, चण्डोल, काठमाडौंमा बिहान ११ बजे सुरु हुने बैंकले जनाएको छ । बैंकको असोज ७ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

Esewa
Crest

सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनश शेयर र सोको कर प्रयोजनार्थ सहित गरी ५ दशमलव ७० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाव वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु सभाले पारित गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS