IME Life New

माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गरेको छ । उक्त सभा होटल पोखरा ग्राण्ड, पार्दी, पोखरामा सम्पन्न भएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १३ दशमलव ३० प्रतिशतका दरले हुने आउने १ अर्ब ३६ करोड ४२ लाख १ हजार ६९२ रुपैयाँ बराबरको बोनश शेयर र सोको कर प्रयोजनार्थ ० दशमलव ७० प्रतिशतका दरले हुन आउने ७ करोड १८ लाख ८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

Esewa
Crest

त्यसैगरी, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गरेको छ ।

साधारण सभा प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यस अनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS