IME Life New

मेटलाइफ नेपालद्धारा भोजपुर बहुमुखी क्याम्पसलाई ३ थान प्रोजेक्टर प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेटलाइफ नेपालले भोजपुरमा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तगर्त भोजपुर बहुमुखी क्याम्पसलाई ३ थान प्रोजेक्टर प्रदान गरेको छ । आज एक कार्यक्रम विच क्याम्पसको सभा हलमा मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले क्याम्पस प्रमुख भुलानाथ राईलाई प्रोजेक्टर स्ट्याण्ड सहित ३ थान प्रोजेक्टर हस्तान्तरण गरे ।

विद्यार्थीहरुलाई प्रविधी मैत्री बनाउदै डिजीटल माध्यमबाट पठन पाठनकालागि सजिलो होस् भन्ने उद्धेश्यले प्रोजेक्टर प्रदान गरिएको मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले बताए ।

Esewa
Crest

श्रेष्ठले मेटलाइफ फाउण्डेशनले सामाजीक विकासकालागी गरिब , विपन्न तथा सिमान्कृत समुदाय र क्षेत्रमा सहयोग पुर्उदै आएको जानकारी गराए । यसै क्रममा फाउण्डेशनले समुदायमा आधारित कार्यक्रम अन्तगर्त २०७२ सालमा भुकम्प पिडीतको उद्धार , राहत र सहयोगकालागि भुकम्प राहत कोषमा पच्चीस हजार डलर योगदान गरेकोबताए ।

त्यसैगरी कोभिडको समयमा औषधी र अन्य उपकरण खरिदमा सहयोग गरेको, मानवताकालागी आवास नेपालसंग मिलेर का पलान्चोकमा सिमान्कृत समुदायकालागी आवासको ब्यवस्थामा सहयोग गरेको , प्लान नेपालसंग मिलेर कोभिडको समयमा कृषकलाई तरकारी मा आत्मनिर्भर बनाउन मल, विउ विजनमा सहयोग गरेको , रुम टु रिडसंग मिलेर बालिकाको शिक्षामा सहयोग गरेको लगायत मेटलाईफ फाउण्डेशनले सामाजीक विकासमा गरेका योगदान बारे चर्चा गरे ।

प्रोजेक्टर हस्तान्तरण कार्यक्रममा क्याम्पस प्रमुख भुलानाथ राईले क्याम्पसको ईतिहास र विकास क्रमबारे बताउदै बिधार्थीलाई प्रभावकारि ढंगले अध्ययन अध्यापन गर्न तिर्खाएको बेलामा केही हदसम्म प्यास मेट्न सहयोग गरेको मा मेटलाईफ नेपाल प्रति आभार प्रकट गर्दै मेटलाईफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठलाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा मेटलाइफ नेपालका सहायक उपाध्यक्ष तथा चिफ डिष्ट्रिब्युसन अफिसर अरुण बहादुर बस्नेत , मेटलाईफ नेपालका एजेन्सी डाईरेक्टर अनिन्द्र राज श्रेष्ठ , मेटलाइफ नेपालका कोशि प्रदेश प्रमुख रितेन्द्र कार्की लगायत क्यापसका प्राध्यापक र विद्यार्थीहरुको समेतक सहभागीता रहेको थियो ।

यसै सिलसिलामा आज नै मेटलाइफ नेपालको भोजपुर सम्पर्क कार्यालयको उद्वघाटन गरेको छ । उद्घाटनमा बोल्दै मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भोजपुरमा बीमाको पहुँच विस्तारकालागि कार्यलय संचालनमा ल्याएको प्रष्ट पारे ।

कार्यलय उद्घाटन पश्चात भोजपुर नगरपालिकाको तालिम हलमा विमा जागरण कार्यक्रम समेत संचालन गरियो । सो कार्यक्रममा ८० जनाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS