IME Life New

एभरेष्ट बैंकको अगुवाईमा कजरिया रमेश टायल्समा ३०० करोड लगानी सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कजरिया रमेश टायल्स लिमिटेडमा एभरेष्ट बैंक लिमिटेडको अगुवाईमा लगानी जुटेको छ । अगुवा बैंकको तर्फबाट एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा रमेश क्रपका तर्फबाट कम्पनीका उपाध्यक्ष रोहित गुप्ताबिच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

सह–वित्तियकरणका नबिल बैंक, नेपाल बैंक र प्रभु बैंक रहेका छन् । नेपाललाई टायल्स उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नवलपरासीमा रहेको प्लान्टबाट उत्पादन हुने टायल्सको कुल लागत रु। ४०० करोड मध्ये सह–वित्तियकरण अन्तर्गत ३ सय करोड लगानी रहनेछ ।

Esewa
Crest

विश्वको ७ औं ठूलो टायल्स उत्पादन कम्पनी कजारिया सेरामिक्स भारतको संयुक्त लगानी रहेको कजरिया रमेश टायल्स लिमिटेडले नेपालमा आधुनिक उपकरणहरु प्रयोग गरी गुणस्तिरीय टायल्स तथा सेरामिक्सका अन्य उत्पादनहरु अन्तराष्ट्रिय मापदण्ड बमोजिम गुणस्तिरीय हुने जनाएको छ ।

मार्च २०२४ बाट शुरुवात हुने उक्त परियोजनाले देशमा हुने टायल्सको माग पूरा गरी आयात प्रतिस्थापन गर्नेमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS