IME Life New

धनगढीमा नेशनल बैंकिङ इन्स्टिच्युटको सेमिनार सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल बैंकिङ इन्स्टिच्युटले देशमा बिद्यमान कर्जा लगानीको अवस्था,सम्भावना र चुनौतीका बारेमा छलफल गर्न सुदुर पश्चिम प्रदेशको धनगढिमा असोज १३ गतेका दिन ““Navigating the Credit Landscape” बिषयक एक दिने सेमिनारको आयोजना गरेको थियो ।

उक्त सेमिनारमा सुदुर पश्चिम प्रदेश स्थित बैंक तथा वित्तिय संस्थाका ६५ जना भन्दा बढी पदाधिकारीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका बरिष्ठ अधिकारीका साथै बरिष्ठ बैंंकिङ विज्ञहरु परशुराम कुँवर क्षेत्री तथा अजय श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।

Esewa
Crest

उक्त सेमिनारले मुलुकमा कर्जा लगानीको अवस्थाका बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरु र सरोकारवालाहरुलाई एकै ठाउँमा भेला भई छलफल गर्ने अवसर प्रदान गरेको थियो । उक्त सेमिनारमा विशेष गरि कर्जा लगानीका लागि बैंकिङ तथा वित्तिय क्षेत्रले सामना गरेका चुनौतिहरु, कर्जा लगानीका अवसरहरु र कर्जा परिचालनका लागि प्रभावकारी वातावरण तयार गर्ने रणनीतिका बारेमा छलफल भएको थियो । उक्त कार्यक्रममा परशुराम कुँवर क्षेत्री ले साना तथा मझौला व्यवसाय क्षेत्रमा रहेका अवसर र जोखिमका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने अर्का वक्ता अजय श्रेष्ठले खुद्रा व्यवसायमा कर्जा लगानी गर्दा आइपर्ने चुनौतीहरुका बारेमा केस स्टडी प्रस्तुत गरेका थिए।

त्यसैगरी, नेपाल राष्ट्र बैंकका बरिष्ठ अधिकारीले बैंकहरुको कर्जाको गुणस्तर का बारेमा चर्चा गर्दै बैंकहरुले सुधार गर्नुपर्ने क्षेत्रका बारेमा जोड दिए । उक्त अवसरमा एभरेस्ट बैंक, ग्लोबल आईएमई बैंक र एनएमबि बैंक का प्रदेश प्रमुखहरु क्रमशः सतिश प्रताप सिंह, पुकार सुवेदी र श्याम अधिकारी सम्मिलित तथा परशुराम कुँवर क्षेत्रीद्वारा संचालित सामुहिक छलफल कार्यक्रमको पनि आयोजना पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS